काठमाडौं,१६ पुस । नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुुक्छेँले बिद्यार्थीहरुलाई देशप्रेमको भावना जगाउँने शिक्षा आवश्यक रहेको बताउनु भएको छ । उहाँले प्रत्येक शैक्षिक संस्थाले बिद्यार्थीहरुलाई देशभक्त बनाउनुपर्ने बताउनुभएको छ । भक्तपुरको वागीश्वरी कलेज, वागीश्वरी मावि र वागीश्वरी कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित कार्यक्रममा उहाँले प्रत्येक बिद्यार्थीमा देशप्रेमको भावना जगाउन आवश्यक रहेको बताउनुभएको हो ।

अध्यक्ष विजुक्छेँले शिक्षा क्षेत्रलाई खतम पारेपछि मात्र साम्राज्यवादीहरुले आफ्नो स्वार्थ पूरागर्न सक्छन्, पूँजीवादी शक्तिहरु बिभिन्न शैलीमा अगाडि बढिरहेका छन् । आर्थिक रुपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र हुँदैन, यसैले पाठ्यक्रम र पाठ्यपुस्तकका अलावा बिद्यार्थीहरुलाई देशप्रेमको शिक्षा दिन आवश्यक छ भन्नुभएको थियो । नेपालले अनिवार्य र निःशुल्क शिक्षा नीति नलिएसम्म शिक्षा महँगो हुुने बताउँदै उहाँले बिद्यार्थीलाई कामदारका रुपमा बाहिर मुलुकमा जान बाध्यपर्ने शिक्षा प्रणालीमा रुपान्तरणको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने प्रयास भइरहेको बताउनुुभएको थियो ।