
काठमाडौं, १७ पुस । नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा तीनदिने बंगलादेशको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कदै हुनुहुन्छ । उहाँले ढाकामा रहँदमा भारतीय विदेशमन्त्री डा. एस जयशंकर लगायतसँग वार्ता गर्नुभएको थाहा भएको छ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको हिजो भएको अन्त्येष्टि समारोहमा सहभागी हुन दुवै देशका परराष्ट्रमन्त्रीहरु ढाका पुगेका बेला द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटकाक्रममा मन्त्रीद्वयका बीचमा नेपाल र भारतबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा संक्षिप्त कुराकानी भएको बताइएको छ । परराष्ट्रमन्त्री शर्माले बंगलादेशी नेताहरुसँग पनि बिबिध बिषयमा छलफल गनुभएको थाहा भएको छ ।