काठमाडौं, १८ पुस । नियमित रुपमा बजार अनुमगनगर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन १७ वटा फर्ममा निरीक्षण गरेको छ । विभागकाअनुसार काठमाडौंका विभिन्न स्थानमा गरेको अनुमगनका क्रममा एउटा फर्मलाई नगद जरिवाना गरेको छ । उग्रचण्डी खाद्यान्न स्टोरलाई २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन–०७५ को दफा १५, ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ क बमोजिम कारबाही गरिएको हो ।
त्यस्तै निकन्टिनेन्टल प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीनदिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, विभागले अन्य १५ वटा फर्मलाईभने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सरोकारवालाको समेत सहभागितामा नियमित बजार अनुमगनगर्दै बजारमा स्वच्छता कायमगर्न पहल गरिरहेको जनाएको छ ।