काठमाडौं,२० पुस । रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका मनोजसिंह भाटको मृत्यु भएको पुष्टिभएको छ । करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकोमा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्युभएको जानकारी आएका मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताउनुभएको छ । भाटको कहिले मृत्युभएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभए पनि हालै मृत्युभएको खबर परिवारलाई दिइएको उहाँले जानकारी दिनुभएको छ ।
मृतक भाटको घरमा बाबुआमा, भाइ र श्रीमती छन् । भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको पनि गत बैशाखमा मृत्यु भएको थियो ।