
वाशिंटन, २१ पुस । भेनेजुयला काण्डबारे आज संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बस्दै छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आज भेनेजुएलासम्बन्धी विषयमा आपतकालीन बैठक आह्वान गरेको छ । सुरक्षा परिषद्को वर्तमान अध्यक्षताले शनिबार यसबारे जानकारी दिएको हो । सोमाली स्थायी मिसनकी प्रवक्ता खादिजा अहमदकाअनुसार आज सोमबार बिहान १० बजे आपतकालीन बैठक आयोजनागर्ने तयारी गरेको छ । जनवरी महिनाका लागि सुरक्षा परिषद्को अध्यक्षता सोमालियाले सम्हालेको छ ।
समाचारअनुसार, संयुक्त राज्य अमेरिकाले गत शनिबार भेनेजुएलाविरुद्ध सैन्य कारबाही सञ्चालनगर्दै राजधानी काराकासबाट भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युतगरी अनुसन्धानको दायरामा ल्याइएको बताउनुभएको छ । उहाँले अहिले भनेजुएलामा सरकारविशीन अवस्था रहेको तर यही अवस्थामा भेनेजुएलामा चुनावगर्ने छलफल ‘अपरिपक्व’ धारणा हुने बताउनुभएको छ । गत शनिबार अमेरिकी सेनाले मदुरोलाई पक्राउ गरेपछि भेनेजुयलामा के छिट्टै निर्वाचन हुनेछभन्ने सवालको जवाफमा रुबियोले एनबिसीको ‘मिट द प्रेस’ मा भन्नुभयो । मलाई लाग्छ, यी सबै कुरा अहिलेनै गर्नु ‘अपरिपक्व’ हुन्छ ।
उहाँले अहिले हामीले मदुरो हुँदाका सबै समस्यामा ध्यान केन्द्रित गरिरहेका छौँ । हामीसँग अझैपनि ती समस्याहरु छन् र तिनीहरुलाई सम्बोधन गर्न आवश्यक छ । हामी मानिसहरुलाई ती चुनौती र समस्यालाई सम्बोधन गर्ने अवसर दिइरहेका छौँ भन्नुभयो । यसैबीच काराकसबाट प्राप्त एक समाचारअनुसार भेनेजुएलाको सेनाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यबाहक राष्ट्रपतिको रुपमा मान्यता दिएको छ । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी शनिबार राष्ट्रपति मदुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिई न्यूयोुर्कमा अनुसन्धानका लागि लगेपछि खाली रहेको पदमा रोड्रिगेजलाई कार्यबाहक राष्ट्रपतिकारुपमा मान्यतादिने बताएको हो । रासस,एएफपी