
काराकस, २९ पुस । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले क्रिश्चियन धर्मगुरु पोप लियोलाई भ्याटिकनमा आयोजित एक कार्यक्रममा आफ्नो देशका एक हजारभन्दा बढी राजनीतिक बन्दीहरुकातर्फबाट मध्यस्थतागर्न आग्रह गर्नुभएको छ । लामो समयदेखि सत्ता सम्हाल्दै आएका वामपन्थी नेता निकोलस मदुरोलाई अमेरिकी सेनाले अपदस्थ गरेको एक हप्तापछि भएको बैठकपछि माचाडोले मैले उहाँलाई अपहरण र बेपत्ता रहेका सबै भेनेजुएली नागरिकहरुको लागि मध्यस्थता गर्न आग्रह गरेँ भन्नुभयो । उहाँलाई उद्धृत गर्दै उहाँकोे टोलीले एक्समा पोस्ट गरेको एक विज्ञप्तिमा चर्चको र संयुक्त राज्य अमेरिककाको सरकारको अभूतपूर्व दबाबले देशमा दुष्टताको पराजय नजिक छ भन्नुभएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेतृ मचाडोसँग यसैसाता वाशिंटनमा भेटवार्ता गर्नुहुने पनि कार्यक्रम रहेको छ ।
एकवर्ष भेनेजुएलामा भूमिगत रुपमा रही हालै गोप्य रुपमा ओस्लोमा पुगेका मचाडो र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अमेरिकी सेनाले भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरेको एक हप्तापछि हुने यो पहिलो बैठक हो । फक्स न्यूजका प्रस्तोता सिन ह्यानिटीसँगको अन्तर्वार्तामा ट्रम्पले गत बिहीबार भन्नुभएको थियो–मैले बुझेको छु, उहाँ अर्को हप्ता आउँदै हुनु्हुन्छ र म उहाँलाई स्वागत गर्नेछु । ट्रम्पले गत हप्ता भन्नुभएको थियो–मचाडोलाई भेनेजुएलाभित्र देशको नेतृत्व गर्न सम्मान वा समर्थन छैन । त्यसैले अमेरिकाले भेनेजुएलालाई प्रभावकारी रुपमा नियन्त्रणगर्ने र उहाँका लागि समर्थन जुटाउने काम गर्नेछ ।
मदुरोका अन्तरिम नेता डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको दक्षिण अमेरिकी देश नयाँ निर्वाचन गराउने अवस्थामा नरहेको उहाँले बताउनुभयो । उहाँले हामीले देश पुनर्निर्माण गर्नुपर्छ । उनीहरुले चुनावगर्न सक्दैनन् । उनीहरुलाई अहिले चुनाव कसरीगर्ने भन्ने पनि सोच्न सकिरहेका छैनन् भन्नुभएको छ । रासस÷एएफपी