काठमाडौं,२९ पुस । जनता समाजवादी पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरडाँडामा हिजो आयोजित कार्यक्रममा शिवलाल थापामगर संयोजकत्वको जनता समाजवादी पार्टी र मनिष लिम्बूको अध्यक्षतामा रहेको लिम्बूवान क्रान्तिकारी पार्टी नेकपामा समाहित भएको घोषणा गरिएको हो । नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र लिुम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष लिम्बूू र जनता समाजवादी पार्टीका उपाध्यक्ष मगरले एकतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । एकता घोषणा कार्यक्रममा संजोजक दाहालले नेकपा मुलुकको पहिलो शक्ति बन्ने अभियानकासाथ अघिबढिरहेको बताउनुभएको थियो ।

वामपन्थी शक्तिको एकताबाट मात्रै समाजवादको यात्रा अघिबढाउन सकिने उहाँको भनाइ थियो । सहसंयोजक नेपालले विगतका कमिकमजोरीलाई स्वीकार्दै जनआक्यांक्षालाई सर्वोपरि राखेर अघिबढ्ने संकल्प राखेकाले देशव्यापीरुपमा नेकपाको लहर चलेको बताउनुभएको थियो ।