काठमाडौं,२९ पुस । नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले आज एक बक्तब्य प्रकाशितगरी शान्तिपूर्ण आन्दोलनगर्न पाउने नेपाली जनताले लडेर ल्याएको संबिधान प्रदत्त अधिकारलाई कुल्चदै बर्तमान सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचन दमन र धरपक्कड गरेको जनाउनु भएको छ । उहाँले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (बहुमत) बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी, नेकपा(जनपक्ष) समाजवादी कम्युनिष्ट पार्टी नेपाल लगायतका नेता कार्यकर्तालाई मसाल जुलुशकाक्रममा पक्राउ गरेकोमा नेकपा त्यसको घोर बिरोध गर्दछ र पक्राउ परेका सबै नेता कार्यकर्ताहरुलाई तत्काल रिहागर्न जोडदार माग गर्दछ भन्नुभएको छ । बक्तब्यमा निर्बाचनमा सहभागी हुने वा बहिष्कारगर्ने कुनै पनि राजनीतिक दल वा ब्यक्ति समेतको राजनीतिक अधिकारको कुरा हो । दलीय ब्यवस्थामा त्यस्ता दुबै प्रबृत्तिको सम्मानगर्नु राजनीतिक र सबैधानिक दायित्व हो ।
परिस्थिति र आवश्यकताअनुसार कम्युनिष्ट क्रान्तिकारीहरुले ती आन्दोलनका औजारहरु (सहभागी हुने वा बहिष्कार गर्ने) को प्रयोगगर्न पनि सक्दछन् र त्यसको औचित्य साबित भए नभएको मूल्यांकनगर्दै अघि बढ्छन् । हाम्रो पार्टीले पनि बर्तमान धान्नै नसकिने खर्चिलो चुनाव प्रणाली, सरकारको संदिग्ध संरचना र बढ्दो बाह्य हस्तक्षेप समेतको अमान्य स्थितिमा चुनाबले कुनै सार्थक अग्रगामी निकास दिननसक्ने निष्र्कशकासाथ यसमा सहभागी नहुने निर्णयमा पुगेको छ । मूख्य कुरा निर्वाचनमा सहभागी या बहिष्कारको आन्दोलनले देश र जनताको हितमा के कस्ता मुद्दाहरु उठाएका छन् भन्ने कुरा नै हो । सामान्यतः जन आन्दोलनको उभार आएका बेला बहिष्कार र जन आन्दोलन मन्द गतिमा रहेको बेला सहभागिता बढी प्रभावकारी रहन्छ भन्ने मान्यता छ । बिगतमा र अहिले पनि यस्ता प्रयोगहरु नेपालमाहुँदै आएका छन् ।
त्यसलाई अन्यथा मानेर आफुलाई लोकतान्त्रिक राज्य ब्यवस्थाको हिमायती मान्ने र ठान्ने कुनै पनि सरकारले दमनमा उत्रिनु, धरपकडगर्नु जन अधिकार, नागरिक स्वतन्त्रा र दलीय स्वाधिनताका बिरुद्ध हुनजान्छ भन्नेकुरा समेत नेपाल कम्युनिष्ट पार्टी जोडदाररुपमा औंल्याउँदछ भनिएको छ ।