काठमाडौं,१ माघ । नेपाली कांग्रेस सम्बद्ध नेपाल प्रेस यूनियनले कांग्रेसभित्र एकता आवश्यक रहेको जनाएको छ । प्रेस यूनियनका अध्यक्ष शिव लम्सालले एक विज्ञप्ती जारीगरी मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तयगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गर्नुभएको हो । अध्यक्ष लम्सालले लोकतान्त्रिक व्यवस्थामा दलहरु विभाजनहुँदा त्यसको मार सञ्चार क्षेत्रले खेप्नुपर्ने भन्दै विभाजन नभई एकताको बाटो रोज्न सबैलाई अनुरोध गर्नुभएको होे ।

उहाँले संविधान र लोकतन्त्रको भविष्यका लागि नेपाली कांग्रेसजस्ता लोकतान्त्रिक दलहरुको एकता जरुरी रहेको उल्लेख गर्नुभएको छ । अध्यक्ष लम्सालद्वारा जारी विज्ञप्तिमा नेपाल प्रेस यूनियन नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरुले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजन नभई एकताको यात्रा तयगर्न अनुरोध गर्दछ भनिएको छ । नेपाल प्रेस यूनियनले यूनियनमा आबद्ध देशभरका पत्रकारलाई विचलित नभई एकताका पक्षमा अभिमत प्रकटगर्न अनुरोध समेत गरेको छ ।