लण्डन, ४ माघ । संयुक्त राष्टसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्टसंघको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लण्डनमा सम्बोधनगर्दै विश्वव्यापी सहयोगलाई कमजोरपार्न लामबद्ध शक्तिशाली विश्व समुदाय ध्यानाकर्षण गर्नुभएको छ । महासचिव गुटेर्रेसले लण्डनको मेथोडिष्ट सेन्ट्रल हलमा यस्तो चेतावनी दिनुभएको हो । महासभाको पहिलो सत्रका लागि सन् १९४६ जनवरी १० मा ५१ देशका प्रतिनिधिहरु भेला भएका थिए । न्यूयोर्कमा संयुक्त राष्टसंघको मुख्यालय अझै निर्माण नभएकाले उनीहरुले लण्डनमा बैठक गरेका हुन् । महासचिव गुटेर्रेसले संयुक्त राष्टसंघको निर्माणमा बेलायतको निर्णायक भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्नुभएको छ ।

उहाँले सन् २०२५ अन्तर्राष्ट्रिय सहयोग र संयुक्त राष्टसंघको मूल्यमान्यताका लागि निकै चुनौतीपूर्ण बर्ष भएको बताउनुभयो । उहाँले हामी देख्छौँ, शक्तिराष्ट्रहरु विश्वव्यापी सहयोगलाई कमजोरपार्न लाइनमा छन्। हामी समस्याका बाबजुद् पनि अघिबढ्छौँ भन्नुभयो । गुटेर्रेसले समुद्री जैविक विविधतासम्बन्धी नयाँ सन्धिलाई निरन्तर प्रगतिको उदाहरणका रुपमा उद्धृत गर्नुभयो । यो सन्धिले राष्ट्रिय सीमाभन्दा बाहिर रहेका दुई तिहाइ महासागरमा समुद्री विविधताको संरक्षण र दिगो प्रयोगका लागि पहिलो कानुनी ढाँचा स्थापना गरेको छ ।

उहाँले युद्ध रोकिएका, भोकमरी अन्त्य भएका र महत्वपूर्ण सन्धिहरु अन्तर्राष्ट्रिय सहयोगका यी शान्त विजयहरु सधैँ समाचारका प्रमुख बिषय बन्दैनन् तर तिनीहरु वास्तविक छन् र महत्वपूर्ण छन् भन्नुभयो । रासस,एएफपी