काठमाडौं,४ माघ । निर्वाचन आयोगले आज समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेशभएका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका– ०८२ को दफा २५ बमोजिम आज आयोगको वेबसाइट राखेर सार्वजनिक गरेको हो । सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिन्हमा ६३ राजनीतिक दलबाट पेशभएका तीन हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको छ ।
उक्त बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोधगर्न चाहने मतदाताले उजुरी गर्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभएको छ । उनकाअनुसार माघ पाँचगतेदेखि १० गतेसम्म बिहान १० बजेदेखि साँझ अपराह्न बजेभित्र निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उजुरी दिन सकिने भएको छ ।
