
काठमाडौं,५ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला जसरी पनि आगामी निर्वाचनमा सहभागी हुने तयारीमा रहनुभएको थाहा भउको छ । उहाँले पार्टीलाई संकटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको पनि बताउनुभएको छ । नेता डा.कोइरालाले आफूनिकट नेता तथा कार्यकर्ताको भेलामा मध्यमार्ग र सत्यको बाटो अप्ठ्यारो हुनेभन्दै आफूले मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताउनुभएको हो । उहाँले मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ, म सत्यको बाटो हिँडिरहेको छु, यसबाट विचलित हुन्न ।
पार्टी कठीन अवस्थामा रहेकाले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई संकटबाट जोगाउनुपर्ने आवश्यकता छ भन्नुभयो । नेता डा कोइरालाले तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभए पनि देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको धारणा राख्नुभयो । उहाँले नेता तथा कार्यकर्तालाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ । पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकाले आफूलाई अदालतको निर्णय मान्ने हुने नेता कोइरालाको भनाइ रहेको छ ।