तस्वीर फेसबुकबाट
काठमाडौं,५ माघ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले पदबाट राजीनामा दिएसँगै उपप्रमुख सुनिता डंगोल आजबाट कार्यवाहक प्रमुख हुनुभएको छ । ०७२ को संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा काठमाडौं महानगरपालिको प्रचलित कानूनी व्यवस्थाबमोजिम महानगर प्रमुख शाहले राजीनामा दिएसँगै उहाँ कार्यवाहक प्रमुख बन्नुभएको हो । प्रमुख साहले हिजो उपप्रमुख डंगोल समक्ष पेश गर्नुभएको राजनीनामा पत्रमा नेपालको संविधान–०७२, स्थानीय सरकार सञ्चालन ऐन–०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानूनी व्यवस्थाबमोजिम, म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट माघ चारगते देखि लागू हुनेगरी स्वेच्छाले राजीनामा पेश गर्दछु भनिएको छ ।

संविधानमा नगर कार्यपालिका प्रमुख÷उपप्रमुखबारे व्यवस्था गरिएको छभने नेपालको संविधान–०७२ को धारा, ११६ को उपधारा, ८ मा मेयरले उपमेयरसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । प्रमुखले उपप्रमुखसमक्ष र उपप्रमुखले प्रमुखसमक्ष लिखित राजीनामा दिएमा, पदावधि समाप्त भएमा र मृत्युभएमा पद रिक्त हुने व्यवस्था यो धारामा छ । साहले पदबाट राजीनामा दिएपछि सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्दै हिजै नगर कार्यपालिका बैठक आह्वानगरी प्रमुख साहले पदबाट राजीनामा दिएको जानकारी गराउनुभएको थियो ।