काठमाडौं, ५ माघ । काभ्रेका चर्चित नेता तथा पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु–८ स्थित घरमा ८२ वर्षको उमेरमा उहाँको निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उप्रेतीलाई उहाँको श्रीमतिको कारोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेखगर्दै आउनुभएको थियो । आज बिहान तीनबजे उहाँको निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले बतानुभएको छ ।

लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित हुनुभएको उहाँलाई मध्यपूर्वीय क्षेत्रमा रातो बाघले परिचित हुनुहुन्थ्यो । तत्कालीन समयमा सांसदहुँदै श्रमराज्यमन्त्री हुनुभएको उप्रेतीले मालेबाट एकीकृत भएपछि एमालेको राजनीति गर्नुभएको थियो । एमाले फुटपछि (नेकपा) माले र त्यसपछि स्वतन्त्र जीवनयाजन गर्नुभएको थियो । उहाँले पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमारही वामपन्थी आन्दोलनमा सहभागीहुँदै आउनुभएको थियो ।

काभ्रेपलाञ्चोक र विशेषगरी कोशीपूर्वको विकासमा उहाँको ठूलो योगदान रहेको छ । आजै उहाँप्रति श्रद्धाञ्जली सभा र दोलालघाटमा दाहसंस्कार गरिएको थाहा भएको छ ।