काठमाडौं, ५ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी ओली आज गृह जिल्ला झापा पुग्नहुँदा त्यहाँका नेता तथा कार्यकर्ताहरुले भब्य स्वागत गरेका छन् । उम्मेद्वारी दर्ताका लागि अध्यक्ष ओली झापाको दमक पुग्नुभएको हो । झापा क्षेत्रनं पाँचबाट उम्मेदवारी दर्ताका लागि आज विहान १०ः२५ को जहाजबाट उहाँ भद्रपुर विमानस्थल अवतरण गर्नुभएको हो । अध्यक्ष ओली भद्रपुर विमानस्थल ओर्लनासाथ पार्टीका कार्यकर्ताहरुले भब्य स्वागत गरेका थिए । भद्रपुरमै क्षेत्रनं एकका नेता कार्यकर्तासँग अध्यक्ष ओलीले त्यहाँको अवस्थाबारेमा जानकारी लिनुभएको थियो ।

त्यसैगरी क्षेत्रनं. तीनका बारेमा पनि उहाँले भद्रपुरमै जानकारी लिनुभएको थियो । आजै क्षेत्रनं दुईकाबारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिँदै हुनुहुन्छ । क्षेत्रनं चारको निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिनुहुने कार्यक्रम छ । आफ्नो निर्वाचन क्षेत्र दमक पाँचका नेता कार्यकर्तासँग दमकमै भेटघाट गर्ने कार्यतालिका रहेको छ ।