ढाका,७ माघ । आगामी फब्रुअरी–१२ का लागि तयगरिएको बंगलादेशको १३ औँ आम चुनावका लागि दुई हजार उम्मेदवारले चुनाव लड्ने तयारी गरेको बंगलादेशको निर्वाचन आयोगले जनाएको छ । आयोगले मंगलबार उम्मेदवारी दर्ता, छानविन, अपिल, फिर्ता र उम्मेदवारको सूची अन्तिमरुप दिएपछि अद्यावधिक तथ्यांक जारी गरेको जनाएको छ । बंगला देशका ३०० निर्वाचन क्षेत्रहरुमध्ये २९८ मा एक हजार ९६७ लड्ने तथारी गरेको उल्लेख गर्दै बाँकी दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारको सूची तयार भएपछि यो संख्या अझै बढ्ने अनुमान आयोगले गरेको छ ।
सीमाको विषयलाई लिएर कानुनी विवाद भएका कारण दुई निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी फिर्ता लिने समयसीमा जनवरी–२६ सम्म बढाइएको थियो । यस अघि फेब्रुअरी– १२ मा हुनलागेको निर्वाचनमा भाग लिन करिब तीन हजार नामांकन पत्र संकलन गरिएको जनाइएको छ । गत महिना आयोगले पूर्व प्रधानमन्त्री शेख हसिनाले सन् २०२४ अगस्ट मा राजीनामा दिएर देश छोडे पछि पहिलो पटक आम चुनावका लागि १२ करोड ७० लाखभन्दा बढी मतदाताले नामावली दर्ता गरेको बताएको थियो । रासस÷सिन्ह्वा