हेग, १४ माघ । बंगलादेशमा धार्मिक अल्पसंख्यकहरुमाथि भइरहेको बढ्दो हिंसा र आक्रमणलाई लक्षितगर्दै हालै सम्पन्न एक अन्तर्राष्ट्रिय सम्मेलनले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ । सम्मेलनमा विशेषज्ञहरुले धार्मिक स्वतन्त्रता र मानवअधिकारको संरक्षणमा तत्काल कदम चाल्नुपर्ने जोडदिएका छन् । प्रतिवेदनअनुसार, विगत केही वर्षमा बंगलादेशमा मस्जिद, मन्दिर र चर्चमाथि पनि हमला भएका छन्, जसले समुदायबीचको सम्बन्धमा तनाव बढाएको छ ।

सम्मेलनमा सहभागीहरुद्वारा सरकारसँग सशक्त कानूनी सुरक्षा र भीड हिंसाविरुद्ध प्रभावकारी कदम चाल्न आग्रह गरिएको थियो । विशेषज्ञहरुले चेतावनीदिँदै धार्मिक अल्पसंख्यकमाथि निरन्तर हिंसा हुने होभने सामाजिक स्थिरता र राष्ट्रिय एकतामा नकारात्मक असर पर्नसक्ने भनेका छन् । सम्मेलनले अन्तर्राष्ट्रिय समुदायलाई पनि सहयोगका लागि आह्वान गरेको छ । रासस,एएनआई