काठमाडौं,१५ माघ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक आज अस्पताल भर्ना हुनुभएको छ । मुटुको समस्या देखिएपछि आज बिहान उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । उहाँलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

उहाँको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत नेताहरु अस्पताल पुग्नुभएको छ ।