काठमाडौं, १५ माघ । संसद पुनःस्थापनाको रिटबारे सर्वोच्च अदालतमा आज छलफल हुने भनिएको कार्यक्रम अकस्मात स्थगित भएको थाहाभएको छ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेशगर्ने नेपाली कांग्रेसका निर्वतमान सांसदहरुको टोली सर्वोच्च अदालतमा डेलिगेसनका लागि जाने भनिएको थियो ।

सांसदहरुको डेलिगेसन आज बिहान १०ः३० बजेट सर्वोच्च अदालतमा जाने कार्यक्रम रहेको कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभएको थियो । यसअघि नै कानून ब्यवसायीहरुले उक्त रिटको टुंगो छिटो लगाउन सर्बोच्चसँग आग्रह गर्नुभएको थियो । गत कार्तिकदेखि चलेको बहसको टुंगो नलाग्दा सर्बत्र अन्योल रहेको छ ।