काठमाडौं, २७ माघ । सामाजिक सञ्जालको दुरुपयोग अत्यधिक बढेको छभने पत्रकारितामा चुनौती थपिएको छ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी अनुसन्धान प्रक्रिया र पत्रकारिता पेशासमेत प्रभावित भएको भनी चिन्ता व्यक्त गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा हिजो आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारी एवं सञ्चारकर्मीहरुले यसतर्फ चिन्ता व्यक्तगर्दै सहयोग र सहकार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । बिद्युतीय अपराध न्यूनीकरण तथा सचेतना कार्यक्रममा सक्रिया अधिकारी तथा विज्ञहरुले आधुनिक सूचना प्रविधिको दुरपयोगगरी श्रव्यदृष्य सामगीसमेत तयारगरी सामाजिक सञ्जालमार्फत झुठा, काल्पनिक र असान्दर्भिक सूचना र समाचार सम्प्रेषण गरेर जनतालाई दिग्भ्रमित गर्नेहरुका विरुद्ध सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।
सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिद्युतीय अपराधसम्बन्धी अनुसन्धनान कार्य जटिल र चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा छुट्टै युनिट गठन गर्नुपर्ने अवस्थामा प्रहरी पुगेको उल्लेखगर्दै बिद्युतीय अपराध न्यूनीकरण तथा रोकथामका पक्षमा सहयोग गर्न सञ्चारकर्मीसँग अनुरोध गर्नुभएको थियो । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालको दुरुपयोगगरी समाजमा वितृष्णा फैलाउने तत्वका कारण सञ्चारकर्मी र अनुसन्धानमा संलग्न सुरक्षाकर्मी समेत अप्ठ्यारोमा परिरहेको बिद्यमान अवस्थामा सहयोग र सहकार्यको विकल्प नरहेको धारणा व्यक्त गर्नुभएको थियो । विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले कार्यपत्र प्रस्तुतगर्दै गलत समाचारका कारण स्वयं मूलधारका आमसञ्चारकर्मीसमेत प्रभावित भएको दृष्टान्त पेश गर्नुभएको थियो ।
प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले पछिल्ला दिनमा बिद्युतीय अपराधसम्क्न्धी घटना बढेसँगै अनुसन्धान प्रक्रिया थप जटिल बनेको भनी चिन्ता व्यक्त गर्नुभएको थियो । सो अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारी र मूलधारसम्बद्ध आमसञ्चारमाध्यमका सम्पादक तथा समाचारदातागरी करिब १०० जनाको सहभागिता थियो ।