
काठमाडौं, २७ माघ । सरकारले गत भदौ २३ र २४ गतेको आन्दोलनकाक्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि थपगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उक्त आयोगको म्याद २५ दिन थपगर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभएको छ ।
मन्त्रिपरिषद्को गत असोज ५ गतेको बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिनगरी प्रतिवेदन पेशगर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगको म्याद आगामी २९ गते सकिँदै थियो ।