
काठमाडौं, २७ माघ । आजबाट नेपाली सेनाको पृतनापति सम्मेलन शुरु हुँदैछभने देशको ताजा सुरक्षा स्थितिबारे छलफल हुने बताइएको छ । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनालेगर्न लागेको सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा बिभिन्न क्षेत्रका पृतनापतिहरुले आआफ्नो कार्यक्षेत्रको सुरक्षाको वस्तुस्थितिबारे प्रतिवेदन पेशगर्ने कार्यक्रम छ । जंगीअड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए÷गरेका कार्यहरुबारे प्रस्तुतीकरण एवं छलफल हुने नेपाली सेनाले जनाएको छ ।
देशको पछिल्लो सुरक्षा र राजनीतिक अवस्थाकासाथै वैदेशिक प्रभावबारे पनि छलफल हुने बताइन्छ । सम्मेलनमा प्रधानमन्त्री सुशीला कार्कीको समेत सहभागिता रहनेछ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा हुनलागेको सम्मेलनले चुनावी सुरक्षाबारे समेत समीक्षा गर्ने कार्यक्रम छ ।