काठमाडौं,२९ माघ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा आगामी फागुन ८ गते साधारण तारेख तोकेको छ । हिजो बुधबारका लागि साधारण तारेख तोकिएकोमा सर्वाेच्चले पुनः फागुन ८ गते साधारण तारेख दिएको छ । रिट निवेदकहरुले छिटो पेशी तोकेर सुनुवाइ अगाडि बढाउन माग गरिरहेका बेला सर्वाेच्चले साधारण तारेख दिएको हो । यसअघि सर्वोच्चले संसद विघटनसम्बन्धी रिटहरुमाथि प्रारम्भिक सुनुवाइगर्दै विपक्षीसँग लिखित जवाफ माग गरेको थियो ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १७ भन्दा बढी रिट निवेदन दर्ता भएका छन् । अदालतले ती सबै रिटलाई एकैसाथ राखेर सुनुवाइगर्ने आदेश यसअघि नै जारी गरिसकेको छ । आदेशअनुसार अब संसद् विघटनसम्बन्धी सबै रिटको सुनुवाइ एउटै इजलासबाट हुने बताइन्छ ।