काठमाडौं,२९ माघ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले भोली फागुन १ गते देशभर जनयुद्ध दिवस मनाउने भएको छ । जसका लागि बिभिन्न कार्यक्रमहरु तयभएको सो पार्टीले जनाएको छ । देशैभर आआफ्नो अवस्थाअनुसार जनयुद्ध दिवस मनाउन पार्टी केन्द्रीय कार्यालयले सर्कुलर जारी गरिसकेको छ । ३१ औं जनयुद्धको दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको उद्घाटन पनि हुँदैछ । सम्मेलनको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले गर्नुहुने कार्यक्रम छ ।

पार्टीको नौनम्बर ब्यूरोले अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन उद्घाटनसँगै जनयुद्ध दिवस मनाउने तयारी गरेको बताइएको छ । सम्मेलनलाई लक्षितगरी अखिल (क्रान्तिकारी)का बिभिन्न जिल्लाहरुमा भेला तथा सम्मेलनहरु सम्पन्न भएका छन् । संगठनका केन्द्रीय संयोजक महेश श्रेष्ठले दिएको जानकारीअनुसार भक्तपुर, काठमाडौ, ललितपुर, सटिइभिटी, चितवन, दाङ, कास्की, रुपन्देही, सल्यान, सिराहा, बारा,सुनसरी, मोरङ र झापा लगायतका जिल्लाहरुमा सम्मेलनहरु सम्पन्न भएका छन् ।