
काठमाडौं, २९ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्यहुँदै आएको बताउनुभएको छ । आज बाग्लुङ जिल्लाको गलकोटमा आयोजना गरिएको नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावीसभालाई सम्बोधनगर्दै उहाँले देशभर एकताको सन्देश दिनेगरी बागलुङमा सहकार्य गरिएको बताउनुभएको हो । संयोजक दाहालले जनमोर्चासँगको चुनावी तालमेलले नेपालभर एकताको सन्देश दिएको र यो सहकार्य चुनावपछि पनि कायम रहने बताउनुभएको थियो । उहाँले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद छन्, तर राष्ट्रलाई अप्ठेरो पर्दा विगतमा पनि सहकार्य गर्दै आएका छौँ ।
यसपटक पनि देशलाई संकटबाट टार्न कार्यगत एकता र गठबन्धन हुन्छ । गत भदौँ २३ र २४ मा भएको आन्दोलनपछिको अवस्थालाई हेरेर हामीले पार्टी एकता र सहकार्य अगाडि बढाएका छौँ । त्यहीक्रममा जनमोर्चासँग सहकार्य भएको हो भन्नुभएको थियो । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देश गम्भीर संकटमा परेको र निर्वाचनले सही मार्गमा ल्याउने विश्वास व्यक्त गर्नुभउको थियो ।
उहाँले आगामी फागुन २१ मा हुने निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रहगर्दै देशको हितमा काम गर्नेलाई पहिचान गरेर मतदानगर्न आग्रह गर्नुभएको थियो । यहाँ रहेका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्रनं १ मा नेकपाले जनमार्चाका कृष्ण अधिकारी र क्षेत्रनं २ मा जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैरेलाई सघाउने सहमती भएको कार्यक्रममा जानकारी दिइएको थियो ।