काठमाडौं,५ फागुन । नियमितरुपमा बजारको अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले गरेको स्थलगत अनुमगनकाक्रममा कैफियत देखिएपछि ललितपुर महानगरपालिका १५ मा रहेको घिमिरे स्टोरलाई ११ हजार जरिवाना गरेको छ । न्यू म्याक्स स्टोर भक्तपुर सल्लाघारीलाई पाँच हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन–०७५ को दफा ३८ बमोजिमको कसुरमा कारवाही गरेको हो ।

हिमालयन डेरी प्रोडक्सन र युसा डेरीलाईभने व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य नौ वटा फर्मलाईभने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमितरुपमा बजार अनुमगनगर्दै आएको छ । रासस