काठमाडौं,५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदानगर्न आग्रह गर्नुभएको छ । घरदैलो अभियानअन्तर्गत झापा क्षेत्र नं ३ स्थित हल्दिबारीमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै उहाँले देश बनाउने र बचाउने व्यक्तिलाई मतदानगर्न आग्रह गर्नुभएको हो । अध्यक्ष लिङ्देनले देश अहिले सङ्कटमा छ, देश रहन्छ कि रहँदैन । देश बचाउने हो भने सामाजिक सञ्जालबाट प्रभावित भएर भोट दिने होइन विवेक प्रयोग गरेर देश बनाउनेलाई दिनुहोस् भन्नुभएको थियो ।

उहाँले यस क्षेत्रमा उल्लेखनीय विकास भए पनि अझै धेरै काम गर्न बाँकी रहेको र भविष्यमा त्यो पूरागर्ने मतदातालाई आश्वासन दिनुभएको थियो । सो क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा २८ वटा वडाका एकलाख ४० हजार ८५७ मतदाता रहेका छन् ।