काठमाडौं, ८ फागुन । काठमाडौं ७ मा राजमोको चुनाव प्रचार कार्यक्रम तीब्र पारिएको थाहाभएको छ । प्रचारको क्रममा घरदैलो, माइकिङ, प्रचापम्प्लेट वितरण जस्ता कार्यक्रम गरिएको थियो । सो क्षेत्रका उम्मेदवार दीर्घकुमार श्रेष्ठको प्रमुख उपस्थितिमा हिजो सो कार्यक्रम भएको थियो । बिहान ८ बजेदेखि शुरुभएको कार्यक्रम ७ नं. क्षेत्रका विभिन्न स्थानमा सम्पन्न भएको थियो ।

कार्यक्रममा काठमाडौं–४ का उम्मेदवार छवि खनाल, काठमाडौं–६ का जगत रेग्मी, समानुपातिक उम्मेदवारहरु लक्ष्मी केसी र ऋतु केसी राजमो केन्द्रीय सदस्य सुदा शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक) का महासचिव धनपति सापकोटा, अखिल नेपाल किसान महासंघ (अप्फा) का बागमती प्रदेश सदस्य वेगमबहादुर खड्का, अखिल नेपाल उद्योग व्यापार संघ बाग्मती प्रदेश समितिका हिरा केसी, अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारी, राष्ट्रिय सहकारी अभियानका महासचिव रमेश पौडेल, राजमो काठमाडौंका उपाध्यक्ष दिवाकर सुवेदी, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश सदस्य बैरागी जेठालगायतको उपस्थिति रहेको थियो ।