तस्वीर रासस
काठमाडौं, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा झापा–५ का उम्मदेवार बालेन साहविरुद्ध गृह मन्त्रालयमा आज उजुरी परेको छ । युवराज पौडेल सफलले गर्नुभएको उजुरीमा बालेनले कामपाको प्रमुख रहेको बेला थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप लगाइएको छ । उजुरीमा बालेनले नागरिकता ऐन–०६३ विपरित कार्य गरेको दाबीगर्दै उक्त नागरिकता खारेजगरी तत्काल कानूनी कारवाहीगर्न माग गरिएको छ । उक्त निवेदनमा ०६३ साल पौस छगते जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट ५१९२ नम्बरको नागरिकतालिँदा बालेनको नागरिकतामा थर ‘साह’ उल्लेख गरिएकोमा काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा थर परिवर्तन गरी ‘शाह’ भएको बिवरण उल्लेख गरिएको दाबी गरिएको छ । उजुरीकर्ता सफलले नागरिकता ऐन–०६३ को दफा १२ अनुसार कुनै पनि नेपाली नागरिकले झूटो विवरण दिएर नागरिकता लिएको प्रमाणित भएमा त्यस्तो नागरिकता रद्धगर्न सकिने कानूनी व्यवस्था रहेको समेत स्मरण गराउनु भएको छ । निवेदनमा सम्बन्धित कागजातको अनुसन्धानगरी कानून बमोजिम नागरिकता खारेजगर्न तथा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानागर्न माग गरिएको थाहा भएको छ । गृहले सो उजुरीकाबारेमा कहिलेबाट कस्तो छानविन गर्दैछ ? भन्ने खुलेको छैन ।
