काठमाडौं, ९ फागुन । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १३ लाख ८० हजारका मोबाइल, ल्यापटपसहित एक जनालाई पक्राउगरी सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने सञ्जीव खड्का रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । उहाँले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गोल्डेन गेट बाहिरपट्टि शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा निगरानीगर्दै जाँदा निजले बाह्य मुलुकबाट नेपाल आगमन भएका यात्रुहरुलाई भन्सार छलीगर्न लगाई बिद्युतीय सामग्री अवैधरुपमा संकलनगरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो भन्नुभयो ।
आइफोन १७ प्रोम्याक्स २५६ जिबीका चार थानका आठ लाख बराबर, एमफोर म्याकबुक ऐर २५६ जिबीका दुई लाख ६० हजार बराबर र एमफोर म्याकबुक ऐर ५१२ जिबीका तीन लाख २० हजार बराबरका बिद्युतीय सामग्री अवैध रुपमा संकलनगरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता सिलवालले बताउनुभएको छ ।