काठमाडौं,१२ फागुन । काठमाडौं महानगरको प्रमुखबाट बीचैमा राजीनामागरी झापा–५ बाट आगामी निर्वाचनमा उम्मेदवार बन्नुभएका बालेन साहको भाषण आपत्तिजनक भएको खुलाशा निर्माण कार्यमा भइरहेको ढिलाइप्रति निर्माण व्यवसायीलाई लक्षितगर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेताले दिएको अभिव्यक्तिप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । गत छगते कैलालीको धनगढीमा आयोजित चुनावी कार्यक्रममा बालेन्द्र साह(बालेन) ले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकोभन्दै महासंघले बालेनले माफी माग्नुपर्ने माग गरेको छ । धनगढीमा भएको चुवानी सभामा बालेनले निर्माण व्यवसायीप्रति लक्षितगर्दै दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने त्यो हो हाम्रो एजेण्डा, रुखमा बाँधेर हुन्छकि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नुप¥यो भन्नुभएको थियो ।

महासंघद्वारा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष रवि सिंहले सस्तो लोकप्रियताका लागि व्यक्त धारणा निर्वाचन आचारसंहिताविपरीत असभ्यसँगैसँगै अत्यन्त उत्तेजकसमेत रहेको बताउनुभएको थियो । धनगढीमा आयोजित चुनावी कार्यक्रममा निर्माण व्यवसायीलाई लक्षितगर्दै दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै बालेनले माफी माग्नुपर्ने निर्माण व्यवसायीको माग रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट भावी प्रधानमन्त्रीकारुपमा समेत प्रस्तुत गरिएका र प्राविधिक व्यक्ति (इञ्जिनियर) को पृष्ठभूमिका वरिष्ठ नेताले निर्माण कार्यमा भइरहेका ढिलाइका विषयमा वास्तविक सत्यतथ्य बुझी समाधानको बाटो पहिल्याउनुपर्नेमा त्यस किसिमको अमर्यादित अभिव्यक्ति दिनु अराजक शैली भएको महासंघको ठहर छ । मुलुकमा बिद्यमान ऐन, कानूनहरु नै विकास निर्माणका बाधक भएको तथ्य जगजाहेर भइसकेको सन्दर्भमा एक जिम्मेवार पार्टीका जिम्मेवार पदाधिकारीबाट निर्वाचनको पूर्वसन्ध्यामा मुलुकका ३० हजारभन्दा बढी निर्माण व्यवसायीको तेजोबध गर्ने किसिमले आएको उक्त अभिव्यक्तिप्रति अबिलम्ब सार्वजनिक रुपमा आत्मालोचनागर्न पनि माग गरिएको छ ।

त्यस्ता अमर्यादित र उत्तेजक भाषणबाजीलाई गम्भीर रुपमा लिई सोहीअनुसार निर्देशन गरिदिन महासंघले निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण गराएको छ । महासंघ निर्वाचनको पूर्वसन्ध्यामा अन्य दलका नेतालाई समेत मुलुकको समग्र आर्थिक प्रगतिमा निर्माण उद्योगले निर्वाह गरिरहेको महत्वपूर्ण भूमिका आत्मसातगर्दै जिम्मेवारीबोधसहित आफ्ना अभिव्यक्ति प्रस्तुतगर्न महासंघले अपिल गरेको छ । निर्वाचनपछि गठन हुने संसद एवं मन्त्रिपरिषद्को पहिलो बैठकमै नयाँ शिराबाट पूर्वाधार क्षेत्रको विकास विस्तारका लागि अत्यावश्यक छाता ऐन तर्जुमाको प्रस्ताव गरिनुपर्ने पनि महासंघको माग रहेको छ ।

महासंघका महासचिव रोशन दाहालकाअनुसार, बिभिन्न चुनौतीका बाबजुद भौतिक पूर्वाधारको क्षेत्रमा निर्माण व्यवसायीले महत्वपूर्ण योगदानदिँदै आए तापनि पटक,पटक निर्माण व्यवसायीको मनोबल गिर्नेगरी बिभिन्न व्यक्ति तथा संस्थाहरुबाट आपत्तिजनक अभिव्यक्तिहरु सार्वजनिक हुँदैआएका छन् ।