
काठमाडौं,१२ फागुन । नेकपा(बहुमत) सम्बद्ध अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयोजक बासुदेव बुढालाई पक्राउ गरिएको छभने सो संगठनले तत्काल रिहागर्न माग गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष विरेन्द्र शाहले आज एक विज्ञप्ति जारीगर्दै बुढालाई कास्कीको मालपोत क्षेत्रबाट हिजो ११ गते संगठनात्मक काममा रहेको बेला बिना कारण पक्राउ गरिएको जनाउनुभएको छ । विज्ञप्तिमा संगठनमा आबद्ध भएकै आधारमा पूर्वाग्रह राखी गिरफ्तारी गरिएको भनिएको छ ।
अखिल(क्रान्तिकारी) ले उक्त कदमलाई लोकतन्त्र र मानवअधिकारविरुद्धको गतिविधिभन्दै कायरतापूर्ण श्वेत आतंकको संज्ञा दिएको छ । संगठनले सरकारको उक्त कार्यप्रति कडा आक्रोश व्यक्तगर्दै तत्काल रिहागर्न माग गरेको छ । विज्ञप्तिमा बिना कारण पक्राउ गरिएका बुढालाई अविलम्ब सम्मानपूर्वक रिहागर्न सरकारसँग जोडदार माग गरिएको छ ।
