काठमाडौं,१३ फागुन । गगन थापा नेतृत्वको कांग्रेसले बिभिन्न पाँच स्थानमा चुनावी सभागर्ने भएको छ । प्राप्त समाचारअनुसार सो समूहले अब सुर्खेत, बाँके, रुपन्देही, र पोखरामा चुनाव लक्षित सभागर्न लागेको हो । त्यसैगरी कोशी र सुदूरपश्चिम प्रदेशमा पनि सभागर्ने तयारी गरेको बताइएको छ । सो समूहले पहिलो चुनावी सभा जनपुरमा गरेर चुनावी प्रतिज्ञापत्रका भिजन–१० सार्वजनिक गरेको थियो । बताइएअनुसार भोली फागुन १४ गते सुर्खेत, बाँके र रुपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा हुनेछ ।
त्यस्तै पोखरामा फागुन १५ गते र काठमाडौंमा फागुन १७ गते चुनावी सभा हुनेछ । कोशी र सुदूरपश्चिममा हुने भनिएको सभाको मितिभने हालसम्म तय हुननसकेको बताइएको छ ।