काठमाडौं,१३ फागुन । नेकपा(बहुमत) ले आफ्नो पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाको रिहाईको मागगर्दै देशभर मशाल जुलुस प्रदर्शन गरेको थाहाभएको छ । सरकारले विनाकारण पार्टीका महासचिव सहितका नेताहरु र जनबर्गीय संगठनका बिभिन्न तहका नेताहरुलाई गिरफ्तार गरिएकोभन्दै पूर्वघोषित कार्यक्रमअनुसार नै देशका बिभिन्न जिल्लामा मशाल जुलुस गरिएको सो पार्टीले जनाएको छ । देशको भूराजनीतिक अवस्थालाई मध्यनजर गरेर स्वाधीन संयुक्त सरकार गठनपश्चात जनसंविधान निर्माणगर्ने बाटोनै अहिलेको उक्तम राजनीतिक निकास भएको सो पार्टीको ठहर छ ।
पार्टीले महासचिव बास्तोलासहित गिरफ्तार सबै नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइ गरि संविधान प्रदत्त व्यक्तिको राजनीतिक अधिकारलाई सुनिश्चितगर्न आग्रह गरेको छ । जनतालाई लोकतान्त्रिक अधिकारबाट बञ्चित गराईनुले सरकार देशलाई द्वन्दतिर धकेलिरहेको उक्त पार्टीको भनाई रहेको छ ।