काठमाडौं, १३ फागुन । गत भदौ २३ र २४ मा आन्दोलनको आबरणमा भएको बिध्वंशमा ५० खर्बको क्षति भएको रहस्य खुलेको छ । राजनीतिक विश्लेषक सुरेन्द्र केसीले आज रुपान्तरित कांग्रेस र अबको गन्तव्य नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपरोक्त रहस्य खोल्नु भएको हो । उहाँले एउटा केपी ओलीलाई सरकारबाट हटाउनका लागिमात्र आन्दोलनको आबरणमा ५० खर्बको क्षति गरिएको बताउनु भएको थियो । उहाँले हालको अवस्थामा संसद पुर्नस्थापनाको मुद्धाले प्राथमिकता पाउन नसक्नु आश्चर्यको बिषय भएको पनि बताउनु भएको थियो ।

उहाँले राजनीतिक कुशासन र अव्यवस्थाले पारेको अप्ठ्यारोको विरुद्धको विष्फोटलाई जेनजी आन्दोलनको नाम दिनु भ्रमरहेको बतानउनु भएको थियो । विश्लेषक केसीले जेनजी आन्दोलन केपी ओलीलाई हटाउनमात्र गरिएको प्रमाणित भएको भन्दै एउटा केपी ओलीलाई हटाउन ५० खर्बको क्षति स्वीकार्य नभएको दाबि पनि गर्नुभएको थियो । उहाँले केपी ओलीलाई हटाउने बाहेक पनि यसको केही लक्ष्य थियोभने त्यो रोडम्याप के हो त ? भन्दै प्रश्न गर्नुभएको थियो ।