काठमाडौं, १३ फागुन । नेकपा(बहुमत)का दाङ जिल्ला सेक्रेटरीसहित दुईजनालाई पक्राउ गरिएको थाहा भएको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आफ्ना केन्द्रीय सदस्य तथा दाङ जिल्ला सचिवसहितका नेताहरुको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहागर्न माग गरेको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव अविरलद्वारा जारी प्रेस वक्तव्यमा दाङ जिल्ला सचिव सञ्जक र जिल्ला कमिटी सदस्य गणेशलाई हिजो फागुन १२ गते दिउँसो करिब ४ः३० बजे दाङको तुलसीपुरबाट बिनाकारण प्रहरीले पक्राउ गरेको उल्लेख छ ।
वक्तव्यमा शान्तिपूर्ण राजनीतिक गतिविधिमा संलग्न नेताहरुलाई पक्राउगर्नु नागरिकको नैसर्गिक अधिकारमाथिको हस्तक्षेप भएकोभन्दै त्यसको भत्र्सना गरिएको छ । सो पार्टीले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणीगर्दै निकासका लागि राष्ट्रिय सहमतिको आधारमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने तथा जनसंविधानको बाटोमा अघिबढ्नुपर्ने प्रस्तावसमेत अघि सारेको छ ।