
काठमाडौं,१४ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो बन्न लागेको खुलाशा गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवीहरुसँगको हिजोको छलफलमा उहाँले ६५ देखि ७० सिटसम्म प्रत्यक्षमै निर्वाचित हुने एक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभएको थियो ।
निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढी मेहनत गरेमा नतिजा झनै राम्रो आउनसक्ने सम्भावना रहेको बताउँदै दाहालले पार्टीका चुनावी कार्यक्रम जनतालाई बुझाउन जरुरी रहेको उल्लेख गर्नुभएको थियो । पार्टीका पक्षमा जनमत सिर्जनागर्न बुद्धिजीवीहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिँदै उहाँले प्रतिबद्धतापत्र हरेक वडामा पु¥याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले अब निष्पक्ष निर्वाचन हुने हो भने परिणाम राम्रै हुने देखिन्छ भन्नुभएको थियो ।