काठमाडौं,१४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नेक्रम बढ्दै गएको छ । यसैक्रममा सो पार्टीका नवलपरासीका सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गनुृभएको छ । उहाँ रास्वपा छाडेर नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । उहाँलाई नयाँ कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आज बिहीबार पार्टीमा स्वागत गर्नुभएको हो । नवलपरासीको बर्दघाटस्थित चौपतामा भएको कांग्रेसको चुनावी सभामा रास्वपा जिल्ला सभापति ठकुरी पार्टी प्रवेश गर्नुभएको हो ।

ठकुरी गत ०७९ सालको निर्वाचनमा रास्वपाबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुभएको थियो । उहाँले प्रत्यक्षमा १२ हजार ४९९ मतसहित सो क्षेत्रमा तेस्रो भएका थियो । उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका विनोद चौधरी २९ हजार ५१९ मत सहित विजयी हुनुभएको थियोभने एमालेको समर्थनमा कोदालो चिन्ह लिएका हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत पाएर पराजित हुनुभएको थियो । आगामी २१ गते हुन गइरहेको निर्वाचनमा यसपालि रास्वपाले बिक्रम खनाललाई उम्मेदवार बनाएको छ ।