काठमाडौं १६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले सामुहिक राजीनामा दिएपछि सो पार्टीमा हलचल भएको थाहाभएको छ । सो पार्टी परित्यागगर्नेहरुमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा–३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा–३ की जया श्रेष्ठ, बुनपा–४ का सदस्यहरु समिप घले र कवि थापा मगर रहेका छन्। त्यसैगरी वडा पदाधिकारीहरु बुनपा–७ की प्रतिभा सेढाई, बुनपा–७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सुजना बस्नेत र शोभा सुवेदी, सदस्यहरु बुनपा–४ का प्रभात महर्जन, राजेश थापा, माधव थापा मगर र अञ्जना बोगटी रहेको बताइएको छ ।

उहाँहरुले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटको आवरणमा पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरुबाट आर्थिक अनियमिततासमेत भएको आरोप लगाउनु भएको छ । त्यसैगरी लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माणगर्ने चाहनामा पार्टीले आघात पु¥याएको खुलाशा पनि गरिएको छ । यसअघि प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसक्नु भएका प्रणय राणाले पनि राजीनामा दिनुभएको थियो । रास्वपाले बिभिन्न बहानामा पार्टीभित्रै रकम उठाएर हिनामिना गर्ने गरेको शुरुदेखि नै आरोप लाग्दै आएको थियो ।