काठमाडौं,१७ फागुन । बिबिसीद्वारा निर्मित भनिएको बिवादास्पद भिडियो प्रशारणगर्ने रास्वपाका कर्याकर्ता जनकपुरका पक्राउ परेको थाहाभएको छ । बिबिसीले बनाइएको जेनजी आन्दोलनको भिडियो डकुमेन्ट्री जनकपुरमा प्रशारण गरिरहेको अवस्थामा एकजना कार्यकर्ता पक्राउपरेका हुन् । हिजो शनिबार जनकपुरको रेल्वे स्टेशनमा बिबिसीले तयार गरेको भनिएको जेनजी आन्दोलन सम्बन्धि भिडियो रास्वपाका प्रोजेक्टरमा प्रशारणगर्न लागेपछि धनुषा प्रहरीले उक्त गाडीसहित विकास जयसवाललाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले पुष्टि गरेको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमकाअनुसार बी.आर ०१ जी ०१४६७ नम्बरको गाडीमा प्रोजेक्टर लगाएर डकुमेन्ट्री प्रसारण गरिएको थियो । रेल्वे स्टेशन जनकपुधाम उपमहानगरपालिका–१ मा पर्छ । सो वडा धनुषा निर्वाचन क्षेत्र– ३ मा रहेको छ । त्यहाँ रास्वपाबाट मनिष झा उम्मेदवार रहेको थाहाभएको ।