काठमाडौं,१७ फागुन । अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छभने खाडीमा थप तनाव भड्किने संकेत देखिएको छ । खामेनीको मृत्युभएको त्यहाँको सरकारी टेलिभिजनले आज औपचारिक घोषणा गरेको छ । खामेनीसँगै उहाँकी छोरी, ज्वाइँ, बुहारी र नाति पनि मारिएको इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजलाई उद्धृतगर्दै अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गर्नुभएको थियो । इरानी अधिकारीहरुले उहाँ सुरक्षितनै रहेको बताउँदै आएका थिए । आज आइतबार बिहानमात्रै इरानी अधिकारीहरुले पनि खाम्नीको मृत्युभएको पुष्टिगरेको त्यहाँका सञ्चारमाध्यमहरुलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिका र इजरायलले हिजो शनिबार इरानमाथि हमला गरेका थिए ।
सो हमला खामेनीको निवासमासमेत भएको थियो । सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति खामेनीकै हातमा रहेको थियो । खामेनी इरानको इतिहासमा शाह मोहम्मद रजा पहलवीपछि सबैभन्दा लामो समयसम्म शासनगर्ने नेता र मध्यपूर्वका सबैभन्दा लामो समयसम्म पदमा रहने राष्ट्रप्रमुख हुनुभएको छ । खामेनी इरानका आध्यात्मिक र राजनीतिक नेता आयातोल्लाह खुमेनीका नजिकका चेला भएको बताइन्छ । सन् १९७९ को इस्लामिक क्रान्तिमा उहाँले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । सर्वोच्च नेता बन्नुअघि उहाँ इरानको तेस्रो राष्ट्रपतिका रुपमा कार्यरत हुनुहुन्थ्यो । इरान–इराक युद्धका बेला उहाँले देशको नेतृत्व गर्नुभएकोभने सोही समयमा इरानी सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग उहाँको सम्बन्ध बलियो भएको मानिएको थियो । सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा भएको छ ।
हिजो शनिबार बिहान अमेरिका र इजरायलले संयुक्तरुपमा इरानमा हमला गरेका थिए । राजधानी तेहरानस्थित सर्वोच्च नेता खामेनीको घरनजिकै विष्फोटका ठूला आवाज सुनिएको र धुवाँका मुस्लो देखिएको थिया े। खामेनीको निवाससँगै अन्य भवनहरुमा पनि क्षति भएको भिडिओ र तस्बिर सार्वजनिक भएका थिए ।