
काठमाडौं,१७ फागुन । नेकपाका संयोजक लोकनारायण सुवेदीले एक बक्तब्य प्रकाशित गरी सार्बभौम ईरानमाथि अमेरिका र इजरायले गरेको भिषण सैनिक हमला र अतिक्रमणको नेपाल कम्युनिष्ट पार्टी जोडदार बिरोध गर्दछ भन्नु भएको छ । उहाँले बक्तब्यमा एकातिरशान्ति बार्ताको नाटक गर्दै अर्कोतिर यस्तो भिषण हमला गरेर अमेरिका र इीजरायलले संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्रहरुको सार्बभौमिकताको सिद्धान्तको ठाडो र नाङ्गो उल्लंघन छ ।
यसको जति निन्दा भत्र्सना गरे पनि कमै हुन्छ ।यस्तो स्थितिमा आफ्नो आत्म रक्षाको निमित्त इरानले मध्यपूर्बमा रहेका अमेरिकी सैनिक अखडामाथि गरेको प्रतिरोधी हमला स्वाभाबिक हुनजान्छ । यस प्रकारको भयावह र नाजुक स्थितिमा खाडीका देशहरुमा मदजुरकोरुपमा काम गर्न काम गर्न जान बाध्य भएका नेपाली यूवाहरुको जीवन रक्षा गर्न र उनीहरुलाई सुरक्षित स्वदेश फिर्ता बोलाउन सरकारले तुरुन्त पहल गरोस् भन्ने जोडदार माग गर्दै युद्धको बिरुद्ध शान्ति, पक्षमा दृढतापूर्बक खडा हुन समेत माग गर्दछ भन्नुभएको छ ।