काठमाडौं, २१ फागुन । दाङका दुई मतदानस्थलमा आज मतदान हुन नसकेको बताइएको छ । अन्यत्र बिहान ७ बजे देखिनै मतदान शुरुभएपनि दाङका दुईवटा मतदान स्थलमा यो समाचार तयारगर्दासम्म मतदान शुरुहुन नसकेको बताइएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रभावित क्षेत्र बबै – १ र ७ का दुई केन्द्रहरुमा स्थानीयहरुले सामूहिकरुपमा निर्वाचन बहिष्कार गरेको बताइएको छ । बाँके राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रमा रहेका उक्त दुई केन्द्रमध्ये जिल्ला मतदान स्थलमा ६८२ जना र मलई मतदान स्थलमा ५३२ जनागरी कूल १,२१४ मतदाता रहेको सरकारी तथ्यांक छ ।