काठमाडौं, २६ फागुन । प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुमगन पुनःशुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानून कार्यान्वयन गराउने उद्देश्यकासाथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ ।

अनुमगनकाक्रमममा कैफियत देखिएपछि सुजल टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिइ तीनदिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले नियमित रुपमा बजार अनुमगनगर्दै आएको छ । रासस