
काठमाडौं, २६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका नयाँ नेता बालेन साह प्रधानमन्त्रि बन्ने छटपटीमा रहनुभएको छभने रास्वपाको विधान बाधक भएको बताइएको छ । सो विधानमा पार्टीका सभापति प्रतिनिधिसभाको सदस्य रहेको अवस्थामा सभापति नै संसदीय दलको नेता बन्ने उल्लेख छ । संसदीय दलको नेता नभएसम्म सिधै प्रधानमन्त्रि बन्न नपाउने संवैधानिक ब्यवस्था छ । कूल १६५ मध्ये रास्वपाले १२५ सिट जितिसकेको छ । समानुपातिकतर्फ पनि रास्वपाले कम्तीमा पनि ५०% मत प्राप्त गरेको छ, अर्थात् ११० सिटमध्ये कम्तीमा पनि ५५ सिट रास्वपाको पक्षमापर्ने नै छ । जसअनुसार रास्वपाले सरकार बनाउन बहुमतको समस्या पर्दैन ।
०८२ पुस १३ गते भएको रवि लामिछाने र बालेन्द्र साहबीचको सहमतिको ४ नम्बर बुँदामा प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र साह हुने उल्लेख थियो । नेपालको संविधानको धारा ७६ को उपधारा (१) मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ भन्ने लेखिएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका बालेनले प्रधानमन्त्री बन्नुअघि प्रतिनिधि सभामा बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बन्नुपर्नेछ । तर त्यसैमा समस्या आउने भएको छ ।