काठमाडौं,३० फागुन । आज रास्वपाको सचिवालय बैठक बस्दैछ । बालेन्द्र साहलाई प्रधानमन्त्रि बनाउन पार्टीको विधान बाधक भएपछि सभापति पद पनि हस्तान्तर गर्नुपर्ने अवस्था सिर्जना भएको थाहा भएको छ । समानुपातिक सांसदको नाम, बालेनलाई रास्वपाको सभापति हस्तान्तरणगर्ने र प्रधानमन्त्रि बनाउनेलगायतका बिषयमा छलफलगर्न बैठक बोलाइएको बताइन्छ । गत २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुईतिहाइ मत ल्याएको रास्वपा सरकार गठनको तयारीमा जुटेपनि आन्तरिक बिवादमा फसेको छ । जसका लागि सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहबीच पटक, पटक छलफल भएपनि कुरा मिल्न सकेको छैन ।

रास्वपाले चुनाव अगाडिनै बालेनलाई प्रधानमन्त्रीकारुपमा प्रस्ताव गरेका कारण सन्तुलन मिलाउन समस्या सिर्जना भएको कतिपयको भनाई छ । आजको बैठकमा मन्त्री छनोट र संसदीय दलको नेता चयनका विषयमा छलफल हुने संभावना रहेको छ । रास्वपाका अहिले समानुपातिक सांसद चयन, संसदीय दलको नेतृत्व प्रक्रिया मिलाउने तथा सम्भावित मन्त्रिपरिषद् गठनको आन्तरिक गृहकार्य भइरहेको थाहाभएको छ । रविको स्वास्थ्य अवस्थाका कारण पछिल्ला दिनमा पार्टीका शीर्ष नेताहरुबीचको छलफल पनि उहाँको निवासमै हुँदैआएको छ ।