काठमाडौं,३० फागुन । नेपालले इरानको बिपक्ष र अमेरिकाको पक्षमा निर्णयगरेपछि बिवाद सिर्जना भएको छ । नेपाल भ्रमणगर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन प्रवेशआज्ञा (अनअराइवल भिसा) उपलब्ध नगराउने भएपछि उपरोक्त रहस्य खुलेको हो । सरकारी र कूटनीतिक राहदानीवाहक बाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएमात्र नेपाल प्रवेशगर्न मिल्ने भएको हो । यससँगै नेपालमा अनअराइवल भिसा प्राप्त नहुने मुलुकको संख्या १३ पुगेको अध्यागमन विभागले जनाएको छ ।

त्यस्तो भिसा प्राप्त नगर्ने अन्य मुलुकमा नाइजेरिया, घाना, जिम्वाबे, स्वीटजरल्यान्ड, क्यामेरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेष्टाइन, अफ्गानिस्तान र सिरिया रहेका छन् । त्यसैगरी शरणार्थी स्टाटसका ट्राभल डकुमेण्ट भएका व्यक्तिले पनि नेपाल प्रवेशगर्दा विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल प्रवेशगर्न पाउने व्यवस्था रहेको अध्यागमन विभाग निमित्त महानिर्देशक टीकाराम ढकालले बताउनुभएको छ । नेपालले यसअघि पनि रुस–युक्रेन युद्धमा युक्रेन र इजरायल हमास युद्धमा इजरायलको समर्थनगर्दै आफैलाई रुसी सैन्य संगठन नेटो निकट देखाउने प्रयास गर्दैआएको थियो ।