काठमाडौं, २६ फागुन । प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो बनेको छ । प्रत्यक्षतर्फ १६ हजार ६१२ मतसहित आरेन राईलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका मतदाताले जिल्लामा समानुपातिकतर्फ समेत श्रम संस्कृति पार्टीलाई नै बढी मत दिएका हुन् । समानुपातिकतर्फ कूल ६३ हजार २५७ मत खसेकामा श्रम संस्कृति पार्टीले १८ हजार १३७ मत प्राप्तगरेको छ । त्यसैगरी एमाले दोस्रो र नेपाली कांग्रेसले तेस्रो धेरै मत प्राप्त गरेको छ ।
एमालेले ११ हजार ३८५, कांग्रेसले १० हजार ७०५ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आठ हजार ८७९ मत प्राप्तगर्दै चौथो बनेको छ । नेपाली कम्युनिष्ट पार्टी सात हजार २७४ र राष्ट्रिय परिवर्तन पार्टीले एक हजार २४४ मत प्राप्त गरेको छ ।