काठमाडौं, २६ फागुन । कालीकोटमा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार नेपाली कम्युनिष्ट पार्टी पहिलो र एमाले दोस्रो दल भएको छ । नेकपाले ११ हजार १८९ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको एमालेले ९ हजार ५२० र तेस्रोमा रहेको कांग्रेसले ७ हजार ७५४ मत प्राप्त गरेको छ।
त्यस्तै, रास्वपाले ५ हजार एकमत प्राप्त गरेर चौथो स्थानमा रहेको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी माओवादीले ३ हजार ३५८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १९५, नेपाल मजदुर किसान पार्टीले ९०५, नेपाल जनता पार्टीले २२७, प्रगितिशील लोकतान्त्रिक पार्टीले १९१ र राष्ट्रिय जनमोर्चा पार्टीले १७७ मत प्राप्तगरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १२८ मतदान केन्द्र रहेको जिल्लामा कुल ४२ हजार २३७ मत खसेको थियो ।