काठमाडौं, २६ फागुन । एमालेका नेता विष्णु रिमालले आफ्नो पार्टी फेरि पनि धुलो टकटकाउँदै दृढताकासाथ उठ्ने बताउनुभएको छ । सूर्यध्वजाबाहक उम्मेदवारसहित प्रतिनिधि सभाको यस निर्वाचनमा विजयी सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै रिमालले यस्तो बताउनुभएको हो । यो चुनाव अन्तिम नभइ संखुवासभाको परिणाम यस पटकको निर्वाचनको अन्तिम परिणाम मात्र भएको जिकिर गर्नुभएको छ । उहाँले एउटा लडाइँमा भएको हार समग्र युद्धमा पराजय नहुने बताउनुभएको छ ।
रिमालले सामाजिक सञ्जालमा एउटा लडाइँमा भएको हार समग्र युद्धमा पराजय हुँदैन । एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्ने उल्लेख गर्नुभएको हो । बिभिन्न चुनौतीहरुका बीच एमालेका उम्मेदवारहरुले हाशिल गरेको सफलता गर्विलो रहेको बताउँदै उहाँले सूर्यध्वजाबाहक उम्मेदवारसहित प्रतिनिधिसभाको यस निर्वाचनमा विजयी सम्पूर्ण माननीय सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना भन्नुभएको छ ।